१० लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्दै सभापोखरी हाइड्रो
२० चैत, काठमाडाैं । सभापोखरी हाइड्रोले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १० करोड ७५ लाख रुपैयाँबराबरको १० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
आईपीओ निष्कासनका लागि कम्पनी र नागरिक लगानी कोष(सीआईटी)बीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गर्नुभएकाे छ ।
प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १४:३८