सापकोटाको लेखन, विश्वकर्माको संगित, रिमाललको स्वरमा `हे राम राम ´ भजन सार्वजनिक
अष्ट्रेलिया । पछिल्लो समय लोकप्रिय गीतहरु ल्याएर चर्चा कमाएका संगितकर्मी क्षितिज सापकोटाले अष्ट्रेलिया निवासी रामकृष्ण शर्मा र नेपाल संस्कृत विश्व विद्यालयबाट शास्त्री गरेका संभव सुवेदी संग सह कार्य गरेर लेखेको नयाँ धार्मिक भजन ‘हे राम राम’ सार्वजनिक गर्नु भएको छ । भजन स्वर लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको छ भने संगित दीपकराज विश्वकर्माले भरेका छन् ।
भजनलाई सापकोटाको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। भजनको संगीत संयोजन सञ्जय श्रीपालले एवं मिक्सिङ र मास्टरिङ समेत दीपकराज विश्वकर्माकै रहेको छ।
भजनको भिडियोमा रचना रिमाललाई भक्ति भावमा प्रस्तुत गरिएको छ भने अन्य कलाकारहरूलाई पनि धार्मिक भेषभुषामा देख्न सकिन्छ।
भजनको निर्देशन दीपकराज विश्वकर्माले गर्नु भएको छ भने छायांकन दुर्गा श्रेष्ठ, सम्पादन तथा कलर ग्रेडिङ डिन्सन शाहको रहेको छ। आई क्याच स्टुडियोको पोस्ट-प्रोडक्सनमा तयार भएको यो भिडियोले दर्शकलाई आध्यात्मिक अनुभूति दिने अपेक्षा सापकोटाको रहेको छ ।
भजन भन्ने वित्तिकै हिन्दी भाषामा आश्रित हुनु पर्ने अवस्थालाई ‘हे राम राम’ भजन हिन्दू धर्मावलम्बीहरूका लागि आस्था र श्रद्धाको प्रतीक बन्ने आशा गरिएको छ।
प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १३:३२