२६ चैत्र २०८१, मंगलवार | Tue Apr 8 2025

बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्दै आएको छ ।  केन्द्रीय बैंकले आज चैत २० गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको हो। बैंकले उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म हुने जानकारी दिएको छ। बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी चैत ३१ गते हुनेछ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १३:२३