राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
१९ चैत, काठमाडाैं । सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरिएको जानकारी गराउनुभयाे ।
त्यस्तै, उक्त प्रदर्शनका क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने निर्णय भएको मन्त्री गुरुङले बताउनुभयाे । साथै, घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको पनि उहाँले बताउनुभयाे ।
प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १७:३५