२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

नेप्सेमा थप दुई कम्पनीको सेयर सूचीकृत, कुनको कति ?

१९ चैत, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा ङादी ग्रुप पावरको शतप्रतिशत दरको कुल १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको पनि शतप्रतिशत दरकै कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १६:३५