नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत
१९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत बोनस बापतकाे कुल ३९ लाख ९० हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशत बोनस बापतकाे कुल १४ लाख ३ हजार ८९९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै संस्थाको सूचीकृत सेयर संख्या १ करोड १९ लाख ५९ हजार ५३९ पुगेको छ ।
प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १६:२९