२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सेयर बजारमा दोहोरो अंकले गिरावट, ५ अर्ब ७९ करोडको कारोबार

१९ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से १५.५७ अंकले घटेर २९७७.५५ को बिन्दुमा बन्द भएको छ ।

शेयर बजारमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७९ करोडको कारोबार भएको हो । दोहोरो अंकले बढेको बजारमा यस दिन गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । सेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : 15:16