१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

बुबाआमाविरुद्ध अंशमुद्दा हाल्न बाध्य भएँ  (कथा)

–दुर्गा पुडासैनी

२२ पुस,काठमाडाैं । म परिवारको कान्छो सन्तान, सबैको मायाँमा रमाउनुपर्ने मान्छे । एक शिक्षित अफिसरको छोरी भएर पनि म बेचैन छु । स्नातकोत्तर पुरा हुनलागिसक्यो तर म अनाथले जस्तै जिवन यापन गरीरहेको छु । दिदि मलाई मायाँ चाहिदैन र ? म स्वतन्त्र भएर हिड्नपाउँदनि र ?  सारिरिक रुपमा पनि म सक्षम छैन । रुँदैरुँदै उनले भनिन्, म भाबुक भएँ, स्तब्ध भएँ केहि भन्नै सकिन ।

म आफ्नै गतिमा अबिरल बगिरहेको त्रिसुली हेरिरहेकी थिएँ । उनी भक्कानिदै आफ्ना कुरा राख्दै थिइन् । म आमाबाट धेरै पिडित छु । अरुको आमाले छोरीलाई धेरै मायाँ गरेको देख्दा भक्कानो छुट्छ । मैले एस एल्सी देखी आफैंले मेहनत गरेर पढेँ अफीसरको छोरी भएर पनि मलाई हरेक चिजको खाँचो छ, हरेक चिजको जरुरत छ । म बिबस छु एस्तो जिवन जिउन, धिक्कार लाग्छ मलाई आफनै जिवन ।

आफनै घर हुँदा पनि मैले घरमा बस्न पाइन अन्तै कोठामा बस्दै आएको छु । पैसा म संग कहाँबाट हुन्छर ? भाडा तिर्नलाई तेहिपनि बाँच्नै पर्या छ । मैले परिवारबाट मायाँ नपाएपछि आमा बुबालाई अंश मुद्दा हाल्न बाध्य भएँ र मुद्या पनि हालेँ । के र्गनु म बाँच्नुको कुनै आधार नै नदेखेर र आफनो भन्नी साहारा नभएर एक दुई पटक आत्महत्याको प्रयास पनि गरेँ तर मर्न सकिन ।

दुख लेखेको जिन्दगीलाई त्यसै कहाँ अन्त्य गर्न सक्थेँ र जिउँदै छु आजसम्म । म राम्री छुरे रुपकै कारण पैसा कमाउँछुरे के मेरो स्वाभिमान छैनर ? के म अस्तित्वो नभएको मान्छे हुँ र ? के मान्छेले सजिलै आफनो अस्मिता बेच्न सक्छ र ? उनी यी सारा प्रस्न गर्दै थिइन म मन अमिलो पारेर उनको जिवनको वास्तविक कथा सुन्दै थिएँ ।

मेरलागि त्यो उनको जिवनको सत्यता एक कथा नै थियो किनकि मैले उनलाई देखेको मात्र थिएँ तर जान्दिन थेँ । मलाई उनको वास्तविक परिचयनै थाहा थिएन तर उनले मलाई चिनेर हाेला आफनो पिडापोखेर मन हलुँगो बनाइन् । केहिसमएको बसाइ पछि उनी आफनो बाटो लागीन म बसेको ठाउँबाट नउठी उनी गएको बाटोमा उनको पाईला हेरेर बसिरहेँ । मेरो मुटुमा उनको कथाले निकै धक्का दियो मन उथल पुथल भयो । आफैंमा प्रन गर्न थालेँ यस्तो पनि हुन्छ र ? यो प्रस्न प्रस्नमै सिमित रहन्छ अब किनकि सायद उनि संग मेरो भेट हुँदैन होला ।

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार ११:२८