मनाङ्गेको सपथअघि परामर्श लिँदै सभामुख अधिकारी
२२ पुस, कास्की । मनाङ्गको प्रदेश सभा ख बाट गण्डकी प्रदेशका लागि सांसदमा निर्वािचत दीपक मनाङेको नामले चिनिने राजिव गुरुङको सपथ अघि सभामुख नेत्रनाथ अधिकारीले परामर्श गर्न लागेका छन ।
सभामुख अधिकारीले मनाङ्गेलाइ प्रदेश सांसदको सपथ ग्रहण गराउने नगराउनेबारे छलफल गर्न लागेका हुन । सभामुख अधिकारीले यसबारेमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन । गुरुङले सपथ गराइपाउँ भनेर निवेदन दिएपछि सभामुख अधिकारीले के गर्ने भन्ने बारेमा समितिको राय लिन लागेका हुन ।
सभामुख अधिकारीले यसअघिकै बैठकमा राय माग गरे पनि राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिका सांसद अनुपस्थित भएकाले आजको बैठकमा सबै दलले राय दिने तयारी गरेका छन । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १०:१३