२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

राप्रपा सांसद दीपक बोहराको निधन

१९ चैत, काठमाडाैं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको छ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार ११:३२