नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
१९ चैत, काठमाडौं ।नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।
झापाका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गर्नुभएको छ । हाल उहाँ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुनुहुन्छ । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएको थियो । तर उहाँको नियुक्ती मुख्यसचिवबाट प्रमाणित नभएको जनाइएको छ ।
प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार ११:२०