पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई कामना सेवा विकास बैंकको आग्रह
१९ चैत, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै २०७६ पुस १७ गते सम्पन्न १३ औं साधारण सभाबाट पारित भएको आव २०७५/७६ को पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई अनुरोध गरेको हो । उक्त लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले सूचना प्रकाशित भएको एक महिनाभित्र सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको मितिभित्र पनि नगद लाभांश लिन नआउने सयरधनीहरुको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार ०९:५७