२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

आज सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

१८ चैत, काठमाडौँ ।  सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । आज सार्वजनिक बिदा दिइएकोले देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि बन्द रहनेछ । त्यसैले आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार ०८:५८