२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा अर्को उजुरी

१७ चैत, काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ। आइतबार अधिकारकर्मी टिकाराम भुसालले  साइबर ब्युरोको कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिनुभएको हो ।

यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको भन्दै प्रसाईंविरूद्ध ब्युरोमा उजुरी परेको हो । यसअघि चैत १५ गते शुक्रबार मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरूद्ध उजुरी दिनुभएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १७:२५