२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा थप १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस बापतको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 15:56