२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

पूर्वराजा ज्ञानेन्द्रले बुझेनन् महानगरको जरिवाना पत्र, हुलाकबाट पठाइयो

१७ चैत, काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गर्नुभएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली जरिवाना पत्र बोकेर निर्मल निवास गेटमा पुगेको थियो । तर शाहलाई पत्र बुझाउन गएको  महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।

शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १३:२३