२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६७ अंकले घटेर २६६१.६३ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा १ करोड १६ लाख ५९ हजार १४ रुपैयाँ २४ पैसा बराबरको २० हजार ५५३ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:01