गरिमा विकास बैंकको २ लाख ६६ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१७ चैत, काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका साथै, जो सुकै व्यक्ति तथा कम्पनीले पनि खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
यसअघि बैंकले सो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुको लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखेको थियो । तर उक्त समयमा संस्थापक सेयरधनीहरु सेयर खरिदका केही कित्ताका लागि मात्रै आवेदन परेकाले आम सर्वसाधारणलाई बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार ०९:३५