आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड
१७ चैत, काठमाडौं । सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सभा चैत ३१ गते काठमाडौंको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजीवृद्धि गर्ने, पूँजीगत संरचना परिवर्तनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।
प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार ०९:०९