१९ चैत्र २०८१, मंगलवार | Tue Apr 1 2025

मन्त्रपरिषद् बैठक सकियो, रविन्द्र मिश्रसहित पाँच जना पक्राउ

१५ चैत, काठमाडौँ । मन्त्रपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बैठकले शुक्रबार राजावादीको हिंसात्मक प्रदर्शनमा घाइते भएकाहरूको स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य मन्त्रालय मार्फत मिलाउने निर्णय भएको जानकारी दिनुभयो । बैठकले राजावादीको आन्दोलनमा सहभागी नहुन नागरिकमा अपिल समेत गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ पर्नुभएको छ । घाइते भेट्न अस्पताल पुग्नुभएको उहाँहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि प्रहरीले पक्रानउ गरेको छ । उहाँहरूलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार २३:१३