दुर्गा, रविन्द्र र धवलशम्शेरलाई हिंसा, आगजनी, लुटपाटमा कारबाही गर्न सांसद थापाको माग
१५ चैत, काठमाडाैँ । नेकपा एमालेका सांसद एवं पोलिटब्यूरो सदस्य सूर्य थापाले दुर्गा प्रसाई, रविन्द्र मिश्र र धवलशम्शेर राणालाई हिंसा, आगजनी, लुटपाट र जनधनको क्षतिका निम्ति कारबाही गर्न माग गर्नुभएको छ ।
शुक्रबार अपरान्ह सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै सांसद थापाले भन्नुभएको छ, ‘सामन्ती दासता र प्रतिगमनका प्रेतहरू दुर्गा प्रसाई, रविन्द्र मिश्र र धवलशम्शेर राणालाई हिंसा, आगजनी, लुटपाट र जनधनको क्षतिका निम्ति जिम्मेवार ठह-याई तत्काल पक्राउ गरी कानुनको दायरामा लिएर कडा कारबाही चलाउन जोडदार माग गर्दछु।’
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १९:०७