१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

दुर्गा प्रसाईको आन्दोलनमा एक पत्रकार जिउँदै जले

१५ चैत, काठमाडौँ । दुर्गा प्रसाईको नेतृत्वमा भएको राजावादी आन्दोलनमा एक पत्रकारको ज्यूँदै जलेका छन । काठमाडौंको तीनकुनेस्थित एक घरमा राजावादी लगाएको आगोमा परेर एभिन्युज टेलिभिजनका क्यामरापर्सनको निधन भएको प्रहरीले जनाएको छ ।

dainiki.com

आगो लगाएको उक्त भवनमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जिउँदै जलेर मृत्यु भएको हो । प्रहरीले थप अनुसन्धान र मुचुल्काको काम भैरहेको भन्दै विस्तृतमा बताउन चाहेको छैन । रिपोर्टिङका लागि भवनमा छिरेका उनी आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा भेटिएका छन । उनको शब नचिने अवस्थामा रहेको छ । प्रत्यक्षदर्शी अन्य पत्रकारहरूले भने आगो लाग्दैगर्दा त्यहाँ मानिस रहेको सूचना दिएका रहेछन । तर प्रहरीले खासै चासो नदिएको पाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १८:४४