राजावादी प्रदर्शनकारी उग्र बनेपछि गृहमा आकस्मिक बैठक
१५ चैत, काठमाडाैं । राजावादी प्रदर्शनकारीको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमा गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक बसेको हो ।
राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गरेका छन् । शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो। उनीहरूले सर्वसाधारणको घर, कार्यालयमा आगजनी गरेका छन्। दर्जन बढी घरमा ढुङ्गामुढा प्रहार गरेर क्षति पुर्याएका छन्।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १७:०७