१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

काठमाडौंका यी ठाउँमा राति १० बजेसम्म कर्फ्यू आदेश

१५ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १६:३५