१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

प्रधानमन्त्री ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने

१५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने हुनुभएकाे छ । बिपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार हुनुभएकाे हाे ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बिपक्षी दलले उठाएका विषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताउनुभएकाे हाे ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो। बर्खास्तीसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारिरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १५:४४