१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने गरी स्थगित

१५ चैत, काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गर्नुभएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १४:०९