तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलियो
१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ । राजावादी प्रदर्शनकारीहरु निषेधित घेरा तोडेर बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा दोहोरो झडप हुन पुगेको हो ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ । कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १३:५३