नेको इन्सुरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
१५ चैत, काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले आज चैत १५ गतेदेखि केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले ६ लाख कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेकाे हाे ।
बिक्रीमा राखिएकाे सेयमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता मूल्य न्यूनतम २६० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । लगानीकर्ताहरूले बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १२:३६