१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ताेलाकाे ?

१५ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुनको मूल्य नयाँ उचाईमा पुगेको हो । यस दिन सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि गत चैत ६ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ११:०३