१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

अमेरिकी नागरिकको अपहरण गरी ३ लाख युरो माग्ने नुवाकोटकी सरिता लामा पक्राउ

१४ चैत, काठमाडौँ । अमेरिकी नागरिकको अपहरण गरी ३ लाख युरो माग्ने नुवाकोटकी सरिता लामा पक्राउ परेकी छिन । जिल्ला प्रहरी कास्कीले ७० वर्षीया अमेरिकी महिलाको अपहरण गरेर फिरौती मागेको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४  स्थायी घरभएकी बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।

ती अमेरिकी महिलालाई मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएको अवस्थामा पोखराबाट अपहरण गरी बन्धक बनाएको अभियोग प्रहरीले लगाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–४  स्थायी घरभएकी बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लेकसाइडस्थित होटलमा बस्दै गरेकी महिलाको सोमबार अपहरण गरी फिरौतीस्वरूप ३ लाख युरो मागेकी थिइन । अपहरण भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको संयोजनमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरेको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकी सरितालाई अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी थप अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १८:५९