नेपाल राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना
१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै वित्तीय सेवा प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको हो ।
विभिन्न सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गर्ने उदेश्य रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १७:४५