२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१४ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अ‍ंकको सुधार आएको छ । यस दिन नेप्से ४१.४३ अंकले बढेर २६६३.३० को विन्दुमा कायम भएको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३०९ स्टकको ५५ हजार ४४२ पटकको कारोबारमा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँबराबरको ९७ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५१ करोड १८ लाख १७ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ७ लाख ६९ हजार रुपैयाँ, एनआरएन इन्फ्रस्ट्रक्चरको २५ करोड ३३ लाख ६५ हजार रुपैँया, सिइडिबी होल्डिङको २० करोड ४९ लाख ४८ हजार रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंकको १८ करोड ९४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:16