प्रेस चौतारीमा नियुक्त नेताहरूलाई ओलीले सपथ गराउँदै
१४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनियुक्त नेतृत्वलाई पद तथा गोपनियताको सपथ गराउनुहुने भएको छ । निर्वाचन प्रकिया नै पुरा नभइसकेको अवस्थामा बुधबार राति केही नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर बधाई दिनुभएको प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो सपथ गराउने कार्यक्रम रहेको चौतारीका नेताहरूले बताएका छन ।
९९ सदस्यी हुनुपर्ने प्रेस चौतारीको केन्द्रीय कमिटी नै १३७ सदस्यीय भएपछि अहिले पनि नेतृत्वले नेताहरूको नाम काटछाँट गरिरहेको दैनिकीको सम्पर्कमा रहनुभएको एक जना पदाधिकारीले जानकारी दिनुभयो । उहाँले सपथ गराउने समयमा ९९ सदस्यीय कैन्द्रीय कमिटीको नाममात्र वाचन गर्ने तयारी गरिएको छ । यसअघि विराटनगरमा घोषणा भएर निर्वाचन आयोगका नाममा सार्वजनिक भएको सूचीमा १३७ जनाको नाम समावेश रहेको थियो ।
यता एमाले प्रचार विभागका सदस्य मोहन बास्तोलाले सामाजिक सञ्जालमा चाैतारीको सपथबा बारेमा केही गम्भीर टिप्पणी गर्नुभएको छ । प्रेस चाैतारीकै पूर्व नेता बास्तोलाले गर्नुभएको टिप्पणी तल हेर्न सक्नुहुन्छ ।
(प्रेस चाैतारी नेपालकाे सपथ र मेरा केही गनथन)
प्रेस चौतारी नेपालको नयाँ कमिटीको आज सपथ ग्रहण कार्यक्रम रहेछ । पत्रकारिता क्षेत्र नै मूल विषय भएका, समाचार नै लेख्न सक्ने, समाचार लेखेर आफ्नो पहिचान बनाएका, बाइलाइन देखिइरहनेहरु साथीहरू यो कमिटीमा झुक्किएर होला अलिअलि पर्नु भएको छ । पदाधिकारीको हालत त झन् दयनीय छ । चौतारीको नेता भएपछि नेताहरुले गरेका सम्वोधनको भावना र मर्म बुझेर तत्काल समाचार बनाउनु पर्ने हुन्छ । नेताले आज गरेको भाषणको समाचार अर्कोहप्तातिर पनि बनाउन नसक्ने साथीहरूको बग्रेल्ती अनुहार कमिटीमा देखेको छु । पदाधिकारीको हालत त झन् दयनीय छ । प्रगतिशील विचार भएका पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल भएकाले त्यो विचारको प्रतिनिधित्व पनि अवश्य गर्नुपर्ने हुन्छ । अहिले देशको परिस्थिति प्रतिकुल छ । राजावादीहरुका नाममा गणतन्त्रको बीउ नै निमोठ्ने गरि विभिन्न शक्ति समुहहरुको आडमा धुन्धुकारी समुहहरु एकजुट भैरहेका छन् । यी शक्तिहरुलाई अक्षरका माध्ययमबाट मिसाइल प्रहार गर्न सक्ने ल्याकत सबैभन्दा बढी प्रेस चौतारीमा हुनुपर्छ । त्यसैले आज सपथ लिएपछि सबैभन्दा पहिला केही हप्ता केन्द्रीय कमिटीका अधिकांश साथीहरूलाई समाचार लेख्ने, पत्रकारिता के(हो रु भन्ने जस्ता ज्ञान दिन प्रशिक्षण चलाउनु भन्ने सुझाव छ । यो कमिटीको सकारात्मक पक्ष पनि छ । केही केन्द्रीय सदस्य साथीहरूहरु पदाधिकारीलाई राम्रो प्रशिक्षण दिन सक्ने ल्याकतका छन् । उनिहरुले नै प्रशिक्षण दिने र पदाधिकारीका साथीहरू पनि त्यहाँ बस्ने र सिक्ने गर्नुभयो भने अझ राम्रो हुन्छ । पद होइन ज्ञान ठूलो कुरा हो भन्ने ठानेर प्रशिक्षणमा बस्नु र सिक्नु भन्ने पनि सुझाव छ ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ११:१५