बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोटका बिराज पक्राउ
१४ चैत, काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, ककनी गाउपालिका वडा न.०४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका वडा न. ०६ रामकोट बस्ने ३६ वर्षका बिराज तामाङ रहेका छन् ।
ईन्दिरा खड्का लगायतका जाहेरीका आधारमा तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत १२ गते नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । साथै, पक्राउ परेका तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन प्रहरीले जनाएकाे छ ।
तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, महाराजगंज पठाइएको कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताउनुभयो ।
प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार ११:५७