सुनको मूल्यमा भारि अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
१४ चैत, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य उच्च अंकले बढेको छ । बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १०:५५