१७ चैत्र २०८१, आईतवार | Sun Mar 30 2025

सर्वसाधारणका लागि युनाइटेड अजोड इन्स्योरेन्सको २ लाख ५६ हजार कित्ता सेयर बिक्रीमा

१४ चैत, काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड केही संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले बिभिन्न संस्थापक सेयरधनीहरूकाे नाममा रहेकाे  कुल २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

कम्पनीले सन्दिप खेतानको स्वामित्वमा रहेको ९९ हजार ४११ कित्ता सेयर न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँमा बिक्रीमा राखेकाे छ । त्यस्तै, कम्पनीले जुलि चाचानको स्वामित्वमा रहेको ४९ हजार ७०५ कित्ता सेयर न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँमा बिक्रीमा राखेकाे छ । साथै, कम्पनीले महेन्द्र कुमार गोयलको नाममा रहेको ८२ हजार ५९२ कित्ता सेयर न्यूनतम मूल्य प्रतिकित्ता १६३.९० र ज्योति कुमार सरावगीको नाममा रहेको २४ हजार ६०२ कित्ता सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १६३.५० रुपैयाँमा बिक्रीमा राखेकाे छ ।

बिक्रीमा राखिएकाे उक्त सेयरमा सर्वसाधारणका साथै जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले गत माघ ३० गते ३५ दिने सूचना जारी गरी उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर साे समयमा सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडाैं सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाइ आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १०:११