एक लघुवित्त कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
१४ चैत, काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गरेकाे छ । कम्पनीकाे गत माघ ४ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएकाे हाे ।
गत पुस १९ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको कम्पनीले जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरूकाे हकमा भने क्रमशः उक्त सेयर जम्मा गरिने कम्पनीले जनाइएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार ०९:१२