बिल बिजक नभएका सुनका गहनासहित नुवाकोटका दिपेशलाल पक्राउ
१३ चैत, काठमाडाैं । प्रहरीले बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहनाहरू सहित १ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भई हाल कंलकी बस्ने वर्ष ४१ को दिपेशलाल चित्रकार रहेका छन् ।
चैत १२ गते स्वयम्भू आनन्दकुटीमा सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले गहनासहित चित्रकारलाई नियन्त्रणमा लिएको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि चित्रकारलाई राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।
चित्रकारकाे साथबाट प्रहरीले निम्म दसी बरामद गरेकाे छः
१) पोते सहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला– ११ थान
२) पोते सहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला– ७ थान
३) क्रिष्टल सहितको सुनको जस्तो देखिने माला– १३ थान
४) पोते सहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र– ६ थान
५) पोते सहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला–१ थान
६) पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित टप– ३ जोर
७) पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी–१ थान
८) सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाईनका क्लिप–९ थान
९) मोती जस्तो देखिने पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला–३ थान
१०) मोती जस्तो देखिने माला सहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला–१ थान
११) मोती जस्तो देखिने पत्थर सहितको सुनजस्तो देखिने धातु जडित मोतीहार–१ थान
१२) सुनको जस्तो देखिने धातु जडित औँठी–२४ थान
१३) पत्थर सहितको सुनजस्तो देखिने धातुबाट बनेको स–साना फुली–१९ थान
१४) सुनको जस्तो देखिने धातु जडित स–साना गेडी–३ थान
प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १६:२८