उच्च अंकले बढ्यो सेयर बजार, ४ अर्ब २० करोडको कारोबार
१३ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । आज नेप्से ४०.४७ अंकले बढेर २९२३.२१ को बिन्दुमा बन्द भएको छ । बुधबार कारोबार भएका ३१७ वटा कम्पनीको ९१ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोडको सेयर कारोबार भएको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ ।
आज २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयरमूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १५:२८