१६ चैत्र २०८१, शनिबार | Sun Mar 30 2025

क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा ओमप्रकाश पाण्डे

१३ चैत, चितवन । क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा ओमप्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । २० औँ वार्षिक साधारणसभा एवं १० औँ अधिवेशनबाट अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सुरेशचन्द्र खरेलले जानकारी दिनुभयो । पाण्डे ल्याण्डमार्क होटल एण्ड रिसोर्ट साैराहाको प्रबन्ध निर्देशक हुनुहुन्छ ।

 

१२ पद मध्ये महासचिवमा चुनाव भएको थियो । जसमा महेश खनाल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गुणराज थपलिया र कोषाध्यक्षमा बबिता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सहकोषाध्यक्षमा रञ्जन भण्डारी निर्विरोध हुनुभएको छ । संघको सदस्यहरूमा संगम घिमिरे, गोपीचन्द सापकोटा, कृष्णप्रसाद दाहाल, दिलिप माली, सुभासचन्द्र गौतम, गणेशकुमार दाहाल र दीपक अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १५:०६