१६ चैत्र २०८१, शनिबार | Sun Mar 30 2025

इटहरीको सेन्टर प्लाजामा आगलागीः केही मानिस फसे, उद्धारको प्रयास जारी

१३ चैत, काठमाडाैं । सुनसरीको इटहरीमा अवस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। बुधबार बिहान साढे ९ बजेदेखि प्लाजाको पाँचौँ र छैटौँ तलामा आगलागी सुरु भएको हो। आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं‌, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ। आगलागी भएको तलामा केही मानिस फसेका र उनीहरूकाे उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार ११:५६