१७ चैत्र २०८१, आईतवार | Sun Mar 30 2025

नबिल बैंकका सीईओको राजीनामा स्वीकृत, कामु सीईओमा ज्ञवाली नियुक्त

१३ चैत, काठमाडाैं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णेय गरेको हो ।

साथै बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई कामु सीईओ नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा रहनु भएकाे ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएकाे थियाे ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार ११:०७