२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

प्रि ओपन सेसनमा २.५५ अंकले घट्यो नेप्से

१३ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५५ अंकले घटेर २५८०.१८ विन्दुमा पुगेकाे छ।

बुधबार प्रि ओपन सेसनमा ९ लाख ३७ हजार २७७ रुपैयाँ ५० पैसाबराबरको १ हजार ८२० कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:57