१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

१ अर्ब ७८ करोड कित्ता आइपीओ निष्कासन गर्दै महाशक्ति सिमेन्ट

१२ चैत, काठमाडाैं । महाशक्ति सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा अंकित मूल्यमा १ अर्ब ७८ करोड ५० लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १७:३५