नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
१२ चैत,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर, सुपर माई हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकत भएको हाे । नेप्सेमा यस दिन सांग्रिला बैंकको ३.६५१६ प्रतिशत बोनस सेयर बापतकाे १२ लाख ५२ हजार ८४४.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी, नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर बापतकाे ७९ लाख ८३ हजार ९९७.२० कित्ता र सुपर माई हाइड्रोपावरको ७ प्रतिशत बोनस सेयर बापतकाे ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै नेप्सेमा कुथेली बुखरीको १० प्रतिशत बोनस सेयर बापतकाे १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त बोनस सेयर सेयरधनीहरुले डिम्याट खातामा जम्मा भएपछि बिक्री गर्न सक्नेछन् ।
प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १७:१६