सेयर बजारमा भारी अंकको गिरावट, २६ सयको बिन्दुबाट झर्यो नेप्से
१२ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ५५.९० अकंले घटेर २५८४.८८ बिन्दुमा बन्द भएको छ । ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोडको सेयर कारोबार भएको छ ।
यसदिन ४ कम्पनीको सेयर मूल्य बढेकाे छ भने २४० कम्पनीको मूल्य घटेका छन् । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४.५२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १५:१७