१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१२ चैत, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ आज बिहान धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ ओम मेगाश्री फर्मास्युटिकल्स । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि अधिकतम २७०.५१ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।ओम मेगाश्री फर्मास्युटिकल्सको आर्थिक वर्ष २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १५:०८