१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

नबिल बैंकका सीईओ ढुङ्गानाले दिए राजीनामा

१२ चैत, काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिनुभएकाे छ । ढुंगानाले आइतबार राजीनामा बुझाएको बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुनुअघि ढुङ्गानाको राजीनामा आएको हो ।

ढुंगाना केही समय अघिदेखि नै नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि तीन सदस्यी सिफारिस समिति गठन गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १३:१२