१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

हुन्डाई नेपालद्वारा ‘चुज योर फ्युचर’ अभियानसहित क्रेटा इभि र क्रेटा आइसिई सार्वजनिक

१२ चैत, काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, हुन्डाई गाडीको आधिकारिक वितरक क्रेटा ईभी र क्रेटा आइसिर्ई (मेड इन नेपाल) को सार्वजनिक कार्यक्रम सम्पन्न भएकाे छ ।

“चुज याेर फ्युचर” को थिमसहित, हुन्डाईले नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आइसिर्ई दुबै मोडेल उपलब्ध गरेको छ। क्रेटा ईभीको प्रारम्भिक मूल्य रु. ५१ लाख ९६ हजार र क्रेटा आइसिर्ई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रूपैयाँ राखिएको छ ।

२०२५ मा आयात गरिने आइसिर्ई मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाख सम्म कम रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङ को विशेष उपस्थिति रहेको थियो ।

हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १० हजार भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

हुन्डाईले इकाेसिस्टम विकासमा पनि अगाडि बढ्दै नयाँ पहिचानको चारजिङ नेटवर्क “रिल्याक्स” मार्फत डिसी चारजर नेटवर्क निर्माण गरिरहेको छ, जसमा रिपेयर सप पनि समाहित हुनेछन्, जसले चारजिङ सुिवधालाई अझ प्रभावकारी बनाउनेछ । साथै, ब्याट्री रिसाइकलिङ र अवशिष्ट मूल्य व्यवस्थापनको लागि अटेराे इन्डियासँग सहकार्य गर्दै स्थिरतामा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन् ।

क्रेटा ईभीका मुख्य विशेषताहरू

२०० मिमी ग्राउन्ड क्लियरेन्स र १७ डिग्री भन्दा बढी ब्रेक ओभर एङ्गल (सेग्मेन्टमा सबैभन्दा उच्च), , जसले माइल्ड अफराेडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ । ११ किलोवाट एसी चार्जिङ (सेग्मेन्टमा मात्र उपलब्ध) जसले घरायसी भित्तामा जडान गरिएको चार्जरबाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

स्पेयर टायर उपलब्धता जब कि धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल रिपेयर किट मात्र उपलब्ध गराउँछन्। उन्नत सुरक्षा सुविधाहरू, जस्तै एडिएस ६ एयरब्याग र ३६०-डिग्री क्यामेरा, जसले अधिकतम सूरक्षा र सहजता सुनिश्चित गर्दछ । हुन्डाई नेपाल ले क्रेटा ईभी का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आइसिर्ईका लागि ३ वर्षको भेइकल वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई दीर्घकालीन विश्वसनीयता प्रदान गर्नेछ ।

विगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राखदै आएको छ । प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछी को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहदै आएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १२:२५