१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

एफपीओ निष्कासन गर्दै मातृभूमी लघुवित्त, बोलायो साधारण सभा

१२ चैत, काठमाडाैं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासनको मुख्य प्रस्तावसहित आगामी वैशाख २ गते काठमाडाैंको बुढानिलकण्ठमा रहेको होटल अम्रप्रस्थ ब्याङक्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजे साधारण सभा बाेलाएकाे हाे ।

उक्त सभामा सर्वसाधारणमा एफपीओ जारी गर्ने र अन्य ‘घ’ वर्गका लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार ११:१५